Sur Cinema

दर्शकहरु संग ‘मायावी’ टिम : फ्यानहरुको मायाले उत्साहित पल

काठमाडौं : आज वुधबारदेखि रिलिजमा आएको सिनेमा ‘मायावी’ले बिहानैबाट दर्शकको साथ पाइरहेको छ । आज बिहानैबाट नायक पल शाह काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् । आज बिहान काठमाडौंको एफक्यूब हलमा पुगेका नायक पल शाहलाई दर्शकहरुले घेरे । सिनेमा हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले मन छोएको बताए । कतिपय यूवतीहरुले सिनेमा हेर्दा हेर्दै थुप्रै ठाउँमा भावुक भएको समेत सुनाए ।

माया गर्नेहरुका लागि यो सिनेमा विशेष रहेको उनीहरुको तर्क छ । नायक पल शाहले दर्शकहरुले दिएको मायाले आफू अत्यन्तै उत्साहित रहेको बताए । उनले भने–‘बिहानैबाट दर्शकहरुको उत्साहजनक माया मिलेको छ  । बिहानैबाट दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु । एउटा मिठो लभ स्टोरी कथामा सिनेमा बनेकाले दर्शकहरुले आगामी दिनमा अझै बढी साथ विश्वास लिएको छु ।’यता, नायिका दीपिका प्रसाँई, कलाकारहरु सुशिल सिटौला, समिम खान, राजाराम पौडेल र अन्शु महर्जन पनि निकै खुशी देखिए । दर्शकहरुको साथले उत्साह थपिएको उनीहरुको भनाई छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाले दर्शकको सुखद प्रतिक्रिया पाएकाले भोलिबाट अझै उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमाका निर्माता धु्रव न्यौपानेले दर्शकले सिनेमा मन पराएपछि शोज पनि बढ्न थालेको बताए । राज कटुवाल र चन्द्र पन्तको पनि सिनेमामा लगानी छ ।