Sur Cinema

‘मंगलम २’ बनाउँदै छवि र नवल

काठमाडौं : करिब ७ वर्ष अधि प्रदर्शनमा आएको सिनेमा ‘मंगलम’को सिक्वेल बन्ने भएको छ । आइतबार आफ्नो फेसबुक अकाउन्टमा एक सुचना जारी गर्दै निर्देशक नवल नेपालले ‘मंगलम २’ बनाउने घोषणा गरेका हुन् ।

‘मंगलम २’को लागि निर्माता छविराज ओझासँग नवलले सम्झौता गरिसकेका छन् । गुडन्युज इन्टरटेन्मेन्ट र छविराज प्रोडक्सनको संयुक्त व्यानरमा सिनेमा निर्माण हुने निर्देशक नेपालले बताए ।

सुरसिनेमासँगको कुराकानीमा उनले भने, ‘मंगलम’सँग अब बन्न लागेको सिक्वेलको कुनै लिंक हुने छैन । अहिले हामी कथामै छौँ । कथाले पुर्णता पाएपछि छायांकनको मिति तय हुनेछ।’

‘मंगलम’मा पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाह लगायतको अभिनय रहेको थियो । सिनेमाको गीत ‘पर्ख पर्ख मायालु’ निकै हिट भएको थियो । उसो त सिनेमालाई पनि दर्शकले रुचाएका थिए । अब दोस्रो भाग कस्तो बन्ने हो त्यो त पछि नै थाहा होला ।