Sur Cinema

स्टार र फ्यानको कम्बो हो “रंगी” टिम ?

काठमाडौं : सिनेमा ‘रंगी’ बनेर अब हलमा लाग्ने तयारीमा पनि छ । सलोन बस्नेतको डेब्यु निर्माण रहेको सिनेमा टिजरले जगाएको आशा सङ्गै हालै रिलिज गरिएको ‘छ भने माया’ गीत खुब मन पराइएको छ । फस्ट लुकबाट नै दर्शकको आँखामा परेको सिनेमालाई लिएर मेकर सङ्गै दर्शक पनि आशावादी छन् ।

तर यो टिम स्टार र फ्यानको कम्बो जस्तो देखिएको छ । सलोन आनन्द कार्कीको फ्यान रहेछ्न् । एक सिनेमामा कार्कीको गीत भएर पनि अर्को कलाकारको भागमा पर्दा सलोनको मन खिन्न भको थियो रे ! तर, अहिले आफ्नै सिनेमामा आनन्दको गीतमा कम्मर हलाउन पाउँद सलोन दङ्ग ।

‘छ भने माया’ गीत मै महिला आवाज सुजाता केसीको रहेको छ । उनै गायिका केसी भने सलोनको फ्यान रहिछ्न् त्यो पनि सानैबाट । यता डेब्यु नायिका नम्रता श्रेस्ठ दिलिप रायमाझीको फ्यान । दिलिप संगै नाच्न पाउँद नम्रताको खुसी नापिसाध्य थिएन । यसरी हेर्दा त यो सिनेमा पुरै स्टार र फ्यानको कम्बो पो देखियो त !