काठमाडौं : नायिका आँचल शर्माको एउटा तस्विर हाल भाइरल छ । फागुन २ बाट प्रदर्शनमा आउने सिनेमा “दुखी आत्मा” को टिजर सार्वजनिक भए सङ्गै आँचलको तस्विरमा टिजरमा समावेश सम्बादलाई राखेर तस्विर निर्माण गरिएको छ । घोप्टो परेको कचौरा देखि सिन्धुलीको जुनार सम्म समावेश डाईलगलाई ट्रोल बनाएर मजाक उडाईरहेका छन् ।
यता “मै गलत रहेछु” भन्ने आँचल शर्माले यो ट्रोललाई पनि सकारात्मक रुपमा हेरेकी छन् । उनका अनुसार यो चर्चा जति भैरहेको छ त्यो ‘दुखी आत्मा’की “अनामिका” को भैरहेको छ । र एक पात्र जस्को यतिका चर्चा टिजर रिलिज मै हुनु भनेको सिनेमा सफलता तर्फ मोडिनु हो । उनले यसलाई सहज र सकारात्मक रुपमा लिएकी छिन भने यो पात्र र सिनेमालाई लिएर आशावादी पनि छिन् ।
हुन त कला जगतमा नाम होस बदनाम होस तर गुमनाम नहोस भन्ने कथन नै प्रचलित छ । सोही अनुसार उनी चल्न खोज्नु नौलो कुरा होईन ।















