काठमाडौं : यम शेर्पाको निर्देशनमा तयार भएको सिनेमा ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो सङ्गै आफ्नो स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौतालाई देखाईएको छ ।
सिनेमामा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, कविता आले लगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमामा निर्देशक स्वयं शेर्पाको कथा, पटकथा तथा संवाद रहेको छ । सिनेमामा पुरुषोत्तम प्रधानको लगानी छ । प्रधानले नै सोहि सिनेमा खिचेका हुन् ।
सिनेमामा वीरेन्द्र शाही लाइन प्रोड्युसर, गोविन्द बोहरा सह–निर्माता र भूपेन्द्र अधिकारी सम्पादकको रुपमा छन् । साहिल खानले यो सिनेमा तयार पारेका हुन् । सिनेमा मनोज थापा मगर, एसडी योगी, विश्व दोङ र अस्मान लोप्चनको संगीत छ भने सिनेमा यहि पौष २६ बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।















