Sur Cinema

सिनेमा ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन सुरु

काठमाडौं : सिनेमा ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो । सिनेमाको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस सिनेमाको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो सिनेमामा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने सिनेमामा बसन्त लम्सालको लगानी रहनेछ । सिनेमाको छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भैसकेको छ । सिनेमा नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।