Sur Cinema

कुन्साङले जिउने संसारमा सुन्दरी आरजु

काठमाडौँ : बलबहादुर राजबँशी र मेलिना राईको स्वरमा ‘मैले जिउँने संसार’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा नायक कुन्साङ बोम्जन र आरजु चौधरी राजबँशीको अभिनय देख्न सकिन्छ । गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ ।

गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा संगीत स्वयम् गायक बलबहादुर राजबँशीको नै रहेको छ । गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चौधरीको रहेको छ । गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्।