Sur Cinema

‘डोरी’ शुभ मुहूर्त, आईतबारदेखि छायांकनमा जाँदै

काठमाडौं : सिनेमा ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ ।

सिनेमामा अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, कबिता आले, सजन श्रेष्ठ र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै सिनेमाको सफलताका कामना गरे ।

सिनेमामा निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रहेको थियो । सिनेमाको छायांकन आईतवार देखि सुरु हुने निर्माण पक्षले जनाएको छ ।

सिनेमाको लेखन निर्देशक लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।