काठमाडौं : भनिन्छ मरे पछि मात्रै सबैको वाहवाही पाईन्छ । तर जीवन रहदा गरेको गलत काम कसैको मृत्यु हुदैमा कहाँ मेटिएर जान्छ र ! यस्तै एक अवस्था बारे चरित्र अभिनेत्री गीता श्री बस्नेतले बताएकी छन् । र, यो घटनाको पिडित गीता स्वयम् नै हुन् ।

कुरा राजतन्त्र विरुद्धको जनआन्दोलनको एक वर्ष पछि अर्थात २०६४ सालको हो, गीता गायिका बन्न लागि परेकी थिइन् । कहिले गीत रेकर्ड गर्न्दिन भन्दै टिमलाई खाना, खाजा खुवाएर आफै भोको पेट गीत गाउथिन त कहिले कसलाई विस्वास गरेर ठूलो रकम चुपचाप कला जगतका दलालको हातमा थमाई दिन्थिन ।

बिराटनगर घर भएकी उनी पुर्व मै रहेर धेरै संघर्ष गरिन । बिस्तारै उनले राजधानीलाई कर्मभुमी बनाउने योजना बनाईन र काठमाडौंको बाटो तताईन । तर, धेरैको कर्म बनाउने भनिएको काठमाडौंले उनको सपना मात्र होइन सम्पती पनि लुट्यो ।
गीति एल्वम तयार पारेर चर्चित बज्र कृएसनमा एक लाख पचास हजारको पैसाको मुठो समेत बोकेर गीता भिडियो बनाउन पुगिन । स्वर्गीय संगीतकार बिजु बज्रले उनको प्रयोग एल्वममा समावेश गीत “रुझिन म” को भिडियो बनाईदिने र निर्देशन भूषण दाहालले गरिदिने बाचा सहित रकम समाते । गीतालाई रंगिन दुनियाको कालो वास्तविकता थाहा थिएन । उनले चुपचाप पैसा थमाईन र भिडियो बन्ने आसमा बसिन । बिस्तारै बज्रले बेवास्था गर्न थाले । न त भिडियो बनाईदिए न त पैसा नै फिर्ता गरिदिए । धर्ना झै गरि गीता बज्र कृएसन धाईरहिन । तर न उनले पैसा फिर्ता पाईन न त भिडियो नै बन्यो । उनको बज्र कृएसन धाउने क्रम बिजुको निधन पश्चात् सकियो ।
बज्रको परिवारका साबैलाई थाहा हुँदा हुँदै पनि गीताको पैसा फिर्ता दिइएन । बरु सोही पैसाको कारण उनको वैवाहिक सम्बन्धमा दरार आयो । आर्थिक मन्दी छायो । परिवारका ब्यक्तीले उनी माथी विश्वास नै गर्न छोडे । आखिर जति दिए पनि कमाए पनि यसले गीत गीत भ्नेरै सबै सक्ने रहिछे भ्न्ने उनको परिवारमा पर्न गयो ।

….
बिजु बज्र सङ्गको घटना गीताको जिवनको एक प्रतिनिधि घटना मात्रै थियो । गीत संगीत मै लाग्ने उनको चाहना पूरा गर्न उनले धेरै हद पार गरिन । धेरै पैसा डुबाईन । करिव दुई दशक सम्म अथक प्रयास गर्दा पनि उनी सफल हुन सकिनन । उनले जिविको चलाउन डबिङ आर्टिस्टको रुपमा काम गरिन पार्लरमा काम गरिन । भारत पुगेर सस्तोमा कपडा ल्याएर नेपालमा बेचिन । र जम्मा भएको सबै रकम फेरि पनि गीत संगीत मै लगाईन । तर सफलताले उनको नजिक आउने बाटो नै लिएन ।
…
करिव ३ वर्ष अघि बाटोमा हिड्दै गर्दा चर्चित भारतिय कार्यक्रम “क्राईम पेट्रोल” नेपालमा समेत बन्ने र सोही कामका लागि कलाकारको खोजी भैरहेको उनले थाहा पाइन । कति त गरियो यो पनि प्रयास गरौ न भन्ने लागेर उनले फारम भरिन र आफ्नै काममा लागिन । समय बित्दै गयो । केही समय पछि उनलाई सृजना सुत्रबाट फोन आयो र उक्त शोको लागि गीता छानिएको खबर आयो । त्यस यता भने उनले पछाडी फर्केर हेर्न परेको छैन् ।
तीन वर्षको अवधीमा उनले लामा छोटा सिनेमा, सिरियल सिरिज र बिज्ञापन समेत गरि तीन सय बढी प्रोजेक्टमा काम गरिसकेकी छन् । अहिले साना तिना रोल पाउन उनले सकस गर्नु पर्ने अवस्था छैन् । सम्झन लायक काम बारे कुरा गर्दा उनी “आरती” सिरिजलाई सम्झिन्छिन् । आएका अफर मध्य पासिङ सिन समेत गरिदिने गीताको यो सिरिजमा भने महत्वपुर्ण भुमिका छ । त्यस्तै उनले हालै रिलिज रोकिएको सिनेमा सानो सन्सारमा पनि अभिनय गरेकी छन् । उनले केही भोजपुरी सिनेमामा सामेत काम गरिसकेकी छन् भने हाल एक भारतिय सिनेमाकालागि समेत अनुबन्धित भएर काम गरिसकेकी छन् ।

सेमलेस सिनेमामा उनको महत्वपूर्ण भुमिका रहेको छ र यो सिनेमा भारतको प्रतिनिधित्व गर्दै धेरै फेस्टिभल सम्म पुगिसकेको छ । तर अझै पनि उनलाई आफू अनुकुल काम नपाएको दुख भने खड्किन्छ । अझ बलिया रोल दिए पनि आफुले बा खुबी निभाउन सक्ने आत्मविश्वास उनमा छ ।
एक ताका उनले सुन्दरी प्रतियोगितामा पनि भाग लिएकी थिइन । मिसेस नेपाल आईकन २०२३ को यात्रा उनको यही ग्ल्यामर फिल्ड मै स्थापित हुने मोहको रुपमा हेर्न सकिन्छ । त्यहा उनले मिसेस ट्यालेन्टेड र मल्टिमिडिया चोईसको उपाधी जितेकी थिइन । यसले पनि उनको काममा अझ भनौ अभिनय यात्रामा काम पाउन सहज बनायो ।
हाल उनको अभिनय्यमा यति ब्यस्तता छ कि उनका सन्तान बिदेशमा छन् । उनीहरु उनलाई त्यतै आउन आग्रह गरिरहेका छन् । तर, गीताको भने उतै बसोबास गर्ने त टाढाको कुरा केही दिनको लागि भेट्न जाने सम्म्म फुर्सद छैन् ।
मानिसको जिवनले कुन मोड लिन्छ पत्तै हुदैन । गायनमा फिट बन्न आएकी गीता अहिले अभिनयमा हिट छिन् । उनलाई आफ्नो सपनाले सताउदो पनि थियो होला कहि कतै । तर उनको अभिनयको यात्राले उनलाई यति ब्यस्त बनाएको छ कि उनका पुराना दुखका दिन सम्झिने फुर्सद सम्म छैन् । उमेरको छेकबार नहुने र राम्रो गर्न सके काम निरन्तर पाईने यथार्थ चरित्र अभिनेत्री बनेकी गीताबाट पनि अन्य कलाकारलाइ पाठ बन्न सक्छ ।















