काठमाडौं : नेपालीहरुको महान चाड मानिने दसैँ सिनेकर्मीको लागि पनि बडादसैँ कै रुपमा परिचित छ । लामो बिदा, रमाइलो माहौल र फुर्सदिलो समयका कारण दर्शक हल सम्म पुग्ने भएकाले निर्माताहरु दसैं नै कुर्ने गर्छन आफ्नो सिनेमा रिलिजका लागि । र, अन्य समय भन्दा लगानी उठाउने संभावना पनि अधिक रहन्छ ।
सोही ट्रेन्ड अनुसार नै भनौ यो पटकको फूलपातीबाट तीन नेपाली सिनेमा ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ हलमा लाग्दै छन् । तर यस पटक एक साथ रिलिज भन्दा पनि जुधाइको रुपमा सिनेमाहरु आएको भन्न थलिएको छ ।
सिनेमा ‘छक्का पन्जा ५’को हाल सम्म दुई गीत र ट्रेलर समेत सार्वजनिक भैसकेको छ । सिनेमाको गीत ‘बिहे भाको छैन म’ र ‘ब्रेकअप’ गीतले सबै जसो सामाजिक सन्जालमा राम्रो कब्जा जमाउन सफल भएको छ । सिनेमा रिलिज हुनै लाग्दा यसको ट्रेलर पनि सार्वजनिक भएको छ ।
तर, ट्रेलर भने खास बनेको देखिदैन् । ट्रेलर या त अन्य सार्वजनिक सामाग्री हेरेर भन्दा पनि दर्शक चलेको सिनेमाको सिक्वेल भएर हल सम्म आउने अवस्था भने पक्कै देखिन्छ । पहिला झै सिनेमामा दिपक राज गिरीलाई राजा नै बनाएका छन मेकरले । तर, पाँचौ सिनेमा सम्म आईपुग्दा पनी दिपकले आफुले निर्वाह गरेको चरित्रको बोली/लवजलाई विस्वसनिय बनाएको भने पक्कै देखिन्न । देखिन्नन भन्दा पनि मेहनत नै गरेका छैन जस्तो दर्शकलाई भान हुन्छ । हुन त कयौं यस्ता सिनेमाहरु पनि जसको ट्रेलर, टिजर, गीतहरु हिट भए पनि हलमा दर्शकरु नभएको । खैर यो सिनेमाले भने त्यो अवस्था नरहला ।
‘ज्वाइँ साब’ सिनेमा पनि यहीँ फूलपातिबाट सिनेमाघरमा लाग्दैछ । जितु नेपाल ‘छक्का पन्जा’ टिमबाट अलग्गिनु र जितुको सिनेमा सोही टिमको सिनेमा संग जुध्नु संयोग मात्रै पक्कै होइन् । त्यसैले धेरै सिने समीक्षकले यसलाई जुँघाको लडाई भनिरहेका छन् । सिनेमाको कन्टेन्टलाई धेरैले मन पराएका छन् । अझ एयरपोर्टमा खिचिएको (नियोजित) लिक भएको दृश्यले सिनेमाको हाईप ह्वात्तै बढाएको थियो । यही बिच सार्वजनिक ट्रेलर र अन्तिममा आएको जितु नेपालको क्यारेक्टर पोस्टरले सिनेमा खास भएको भन्दै हेर्न जाने दर्शकको संख्या ह्वात्तै बढेको भान हुन्छ । समग्रमा प्रचार सामाग्रीले यो सिनेमाको आकर्षण बढाएको छ । साथै नीति शाहको अभिनय र जितु नेपालको चरित्र माथिको मेहनतलाई खास रुपमा हेरिएको छ ।
तर, सिनेमा रिलिज नजिकिदै गर्दा जितुको ‘छक्का पन्जा’ समुह प्रतिको आक्रोशलाई सामान्य रुपमा स्विकार गर्न सकिदैन । लामो समाय बितिसक्दा सम्म मौन जितु आफ्नो सिनेमा रिलिजको समयमा बोल्नुले यो सब सिनेमा प्रचारको नकारात्मक तरिका हो भनेर छुट्याउन २ मिनेट पनि लाग्दैन् । आफू राम्रो बन्न अरुलाई नराम्रो भन्नै पर्छ भन्ने मानसिकताबाट जितु उठ्न जरुरी देखिन्छ । तर “जोकर” को चरित्रबाट जिउले मारेको छलाङ भने सर्हानिय नै छ ।
बिराज भट्ट र बिराजले लुकाएर राखेका भनिएका उनका छोरा समीर भट्टको सिनेमा ‘१२ गाउँ’ पनि सोही दिनबाट हलमा लाग्दैछ । सिनेमाको सार्वजनिक सामाग्री मार्फत धेरै दर्शकले समीर आगामी दिनमा लिड गर्न सक्ने भन्न त थालेका छन् तर, विराजको अभिनय र कथा पनि उहीँ पुरानै सैलीको रहेको खासखुस पनि चलिनै रहेको छ ।
सिनेमामा भारतबाट एक्सन कै लागि टिम बोलाएको भनिए पनि एक्सनमा न त नौलोपन देखिएको छ न दर्शकलाई हलसम्म तान्न सक्ने कथाबस्तु समेटिएको छ । बिराजको फ्यान र समीर को सस्पेन्स ब्यक्तित्व हेर्नका लागि दर्शक हल सम्म त पुग्लान तर प्रचार सामाग्री नै हेरेर हल सम्म जाउ जाउ लाग्ने अवस्था भने यो सिनेमाको छैन् । सिनेमा हलमा के हुन्छ त्यो हेर्न बाँकी छ तर सामाजिक सन्जालमा भने यो सिनेमा हिट भैसकेको छ । हिट यस अर्थमा कि परिचालित सामाजिक सन्जाल प्रयोगकर्ता अन्य सिनेमाको प्रचार सामाग्रीमा मात्र होइन बाढी पहिरोको क्षति भएका खबरमा समेत “रेडिमेड” कमेन्ट मार्फत सिनेमालाई हिट बनाउन लागि परेका छन् ।
कन्टेन्टका हिसावले हेर्ने हो भने यी तीन सिनेमा मध्य ‘ज्वाइँ साब’ केही माथि छ । बिदेश बिक्रिका कारण ‘छक्का पन्जा ५’ सिनेमाको लगानी सुरक्षित भैसकेको खबर पनि आईरहेका छन् । यता विराज भट्टको क्रेजले ‘१२ गाउँ ‘को इनिसियल व्यापार राम्रो हुने अपेक्षा गर्न सकिन्छ । तर भाइ फुटे गवार लुटेको उखान पनि यो दशैमा चरितार्थ नहोला भन्न सकिदैन । किनकी यी तिनै सिनेमा अलिकती मात्रै तल माथी हुने हो भने यसको सम्पुर्ण फाईदा “बेहुली फ्रम मेघौली” लाई हुने पक्का छ ।
यो सिनेमाको इनिसियल व्यापार सामान्य भए पनि हेर्ने दर्शकले सिनेमा राम्रो रहेको बताएका छन् । यही बिच बाढीको कारण पनि केही असर गरेको छ । तर दसैं पर्खेका तीन सिनेमाको कन्टेन्टमा दम नहुना साथ यसको पूरा फाईदा निस्चल बस्नेत र स्वस्तिमा खड्काले लिनेछन् ।
समग्र परिस्थिती नियाल्दा सिनेकर्मी सुशील पोखरेलको यो स्ट्यटसलाई यहाँ समेट्नु सान्धर्विक देखिन्छ, ‘बेहुली फ्रम मेघौली’राम्रो चलेको छ..
शोज यथावत रहन्छ … हलिउड फिल्म “जोकर” पनि बिग सिटीजका मस्टिप्लेक्समा शोज रहन्छ..अब २४ गते ३ वटा फिल्म रिलिज छ.. शोज क्रेट कसरी गर्ने ..? सिंगल स्क्रिनमा.. १२ बजे एउटा..३बजे अर्को र ६बजे अर्को चलाउने..? यसरी कमाई हुन्छ त..? कमाई त हुंदैन तर मैले यसलाई जितें मैले उसलाई हराएं जस्ता आत्मरतिमा रमाउने काम चाहिं हुन्छ…
आफ्नो ईगो सांधे पनि कलाकारले पैसा पाउंछन,प्राबिधिकले पनि पैसा पाउंछन,बितरकले पनि आफुलाई फिल्म नदिएको ईगो सांध्न पाउंछन किनभने ….
छु मतलब धेरथोर कमिशन आई हाल्छ तसर्थ आफुहरु चाहिं समुद्रमा लाईभ ज्याकेट लगाएर निर्मातालाई तन्नम बनाउन आआफ्नो ईगो सांध्न #बिचरा निर्माताको कांधमा बन्दुक चलाउने..? #आए_बाउको_गए_साउको
#आए_आंप_गए_झटारो
तसर्थ चलिराखेको फिल्म त प्रतिकुल कारणले सर्का छन .. प्रदर्शन रोकेका छन..अझ समय छ फिल्म एकहप्ता २ हप्ता तलमाथी गर्दा केहि बिग्रन्न…लगानी कर्ताले सोच्नु पर्छ डुब्दा तिमी मात्र डुब्छौ…मेरो सुझाब फिलिम सारौं नत्र चिलिम हुन्छ
.. हैन भने लगानी कर्तालाई फिल्न भिडाउन खोज्ने बितरक वा जुधाउन पहल गर्नेले खोज्नेले फिल्म लगानी एमजी(मिनीमम ग्यारेन्टी)गरिदिए हुन्छनी…!!!अरुको घर जलाएर आगो ताप्न खोज्ने पापीहरु तिमीहरुलाई मर्ने बेलामा स्यांउंस्याउं लड्ने किरा पर्छ ..।”















