Sur Cinema

गीत ‘मुटुमै गाँसेको साईनो’ : प्रेमभावले भरपुर्ण

काठमाडौं : टेक विसीको स्वरमा रहेको ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ ।

विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ ।

गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खड्काको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ ।