काठमाडौं : एक अङ्ग्रेजी उक्ति छ,’थिङ्क आउट अफ दी बक्स’, कलाकार जितु नेपालको जीवन पनि यस्तै भएको छ । सिमित घेरा भित्र रहेर बाहिरको सपना देख्ने जितुले साच्चै नै घेरा तोडेर स्वतन्त्र यात्रा तय गर्न सफल भएका छन् ।
दीपा श्री निरौलालाई महानायक विवाद पश्चात् ‘मुन्द्रेको कमेडी क्लव’को अध्यक्ष पदबाट हटाएको प्रतिउत्तरमा उनी ‘छक्का पन्जा’ टिमबाट बाहिरिन पर्यो । यो घटनाको वास्तविकता पनि बाहिर आएको भन्दा भिन्न रहेको जितुले अहिले आएर खुलाएका छन् ।
जितुको दीपालाई हटाउने कुनै योजना नै थिएन । तर, विवाद चर्किएको समयमा उनले नया पात्र लिनका लागि एक पोस्ट सामाजिम सन्जालमा राखेका थिए जहाँ फुलन्देकी आमा र लट्टे बाहेक कुन नया पात्र हेर्न चाहनुहुन्छ भन्ने लेखिएको थियो जहाँ अध्यक्ष फेर्नुपर्ने भन्दै धेरै कमेन्ट आए । यही पोस्ट लाई लिएर दीपा रुष्ट भईन् ।
कल नै गरेर जितुलाई आफू बाहेक कस्लाई लिने रहेछ हेरौला भन्दै धम्कीपुर्ण भाषा समेत प्रयोग गरिन । आफुले सहयोग गरेको तर अब कस्ले गर्ला भनेझै गरेर जितुलाई चिड्याईन । यही बिच कार्यक्रम निर्माता विज्ञापनदाताको प्रेसर आईरहेको थियो । तातो रिसमा उनले दीपालाई अबबाट अलग्गिने भनिदिए ।
जितुकै अनुसार, ‘छक्का पन्जा’ समुह जितुलाई हटाउन पाए भन्ने सोचमा थिए । र यही बहानामा उनी उक्त समुहबाट अलग्गिन पनि पर्यो । कुचोले उडाउन पर्ने फोहर हावाले उडाएकोमा उहाँहरुलाई पनि खुसी हुनुभयो होला भन्छन् जितु ।
अहिले जितु र उनी छुट्टिएको टिमको सिनेमा एकसाथ हलमा लाग्दैछ । ‘छक्का पन्जा’ पाँचको साथ जितुको मुख्य भुमिका रहेको सिनेमा ‘ज्वाइँ साब’ हलमा लाग्दै गर्दा जितु आफुलाई खासै फरक नपर्ने साथै आफ्नो कारण सिनेमा नजुधाईएको बताउछन् । तर, छोडेको समूह प्रतिको तिक्तता उनको मनमा अझै रहेको उनका कुराकानीबाट बुझ्न समय लाग्दैन् ।
उनले आफू सिनेमाको निर्माता नरहेको साथी काम गरेको लगभग सवै जस लिइसकेको कारण सिनेमाको सफलता र असफलताले आफुलाई फरक नपर्ने बताउछन् । तर पनि अर्को सिनेमा पनि हेरौ न भन्दै गर्दा अथवा ‘छक्का पन्जा’ हाउसफुल हुँदै गर्दा अन्य कोही दर्शकले हेर्ने बिकल्प सिनेमा बन्दा पनि निर्मातालाई फाईदा नै हुने बताउँछन् । यसो भन्दै गर्दा यो उनले अन्य दुई सिनेमा प्रती ब्याङ्य गरेका पो हुन कि भन्ने पनि लाग्छ ।
‘छक्का पन्जा’ समूह बारे जितु खासै सकारात्मक छैनन् ।अझ दीपक राज गिरी संग त उनका असन्तुष्ठिका चाङ नै छन् । उनीहरुको समुहबाट अलग्गिएर पनि पटक-पटक भेट भयो । तर, दीपकले कहिले पनि उनलाई यो घटना बारे प्रश्न नै गरेनन । तर, जितुलाई धेरै कुरा भन्न मन रहेछ । यति मात्र होइन टिमका अन्य सदस्यका गुनासा बारे कहिले बिश्वास र सम्बोधन नगर्ने आरोप पनि उनले दीपक-दीपा माथि लगाएका छन् । सिताराम कट्टेल देखि सन्दीप क्षेत्री सम्म भएको समुहमा अहिले केदार घिमिरे र दीपक-दिपा मात्रै रहनु नेतृत्वको कमजोरीको कारण हो भन्ने जितुको ठम्याई छ ।
खैर, अलग्गिएर जितुलाई घाटा केही भएको छैन् । उनी सेन्टरमा रहेका सिनेमा बनिरहेका छन् । छुटेको भनेको साथिको साथ मात्रै हो भन्ने जितुलाई लाग्छ । छुटेरै भिन्न काम गर्न पाएका छन उनले । होइन भने केदार घिमिरेले झै जे छ ठिक छ भनेर चित्त बुझाउनुको बिकल्प उक्त समूह संगै जोडिएर रहदा सम्म जितुको रहने नै थियो ।
उनी अभिनित सिनेमा ‘ह्यारी कि प्यारी’ होस् चाहे अब आउँदै गरेको सिनेमा ‘ज्वाइँ साब’, सिनेमाको कथा जितुको वरिपरि घुमेको छ । सिनेमाको सफलता र असफलताको सोलो जिम्मेवार उनै हुन भन्दा फरक पर्दैन । प्रमोसन देखि लिएर जहाँ त्यहि उनकै खोजी हुन्छ पहिला झै जितुको पनि छवि बदलिएको छ । उनी खुसी भएर बाधिन नपरेको र मन लागेको काम गर्न पाएको बताउँछन् । जितुका यी र यस्ता कुराले के उनी साच्चै नै स्वतन्त्र थिएनन् त भनेर सोच्न बाध्य बनाउँछ ।















