काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज श्रावण ३२ बाट छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा तयार भएको सिनेमा ‘बुलाकी’ रिलिज भएको छ ।
राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको सिनेमामा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।
शिव ढकालको छायांकन रहेको सिनेमामा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो सिनेमालाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।















