Sur Cinema

सिनेमा ‘नम्बरी सुन’ : फरक–फरक चरित्रमा गौरव

काठमाडौं : अभिनेता गौरव पहारीले सिने करियरमा फरक–फरक चरित्र निभाएर काम गरिसकेका छन् । कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक फरक फ्लेभरका सिनेमा लगायत ।

फरक सिनेमामा फरक चरित्र निभाएका गौरव यही शुक्रबारबाट रिलिज हुने सिनेमा ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् । एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन जस्ता क्यारेक्टर । सिनेमापिच्छे फरक चरित्र निभाइरहेको गौरव एउटै सिनेमामा धेरै जनरालाई अंगाल्दा चुनौती बताउछन् ।

सिनेमामा गौरव तल्लो वर्गको र नायिका नम्रता सापकोटा माथिल्लो वर्गको पात्र हुन्छन् । जहाँ गौरवले तल्लो वर्गको प्रतिनिधित्व गरेको बताउछन् । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । सिनेमामा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो टोल टोलमा सुन पसल हुँदैन थियो । सिनेमामा मेरो बुवाले गाउँ डुल्दै गाउँका मुखियाहरु कहाँ महिनौं बिताएर सुन बनाउनु हुन्छ’, उनी भन्छन् ।

गौरवका अनुसार सिनेमामा उनको चरित्र सहयोगी किसिमको छ । ‘यो गाउँकै कथा हो । गाउँमा साथीहरुसँग हल्लिएर हिँडेर, बस्ने चत्रिर छ । तर ऊ गाउँमा कोही कसैलाई केही मद्दत चाहियो भने उसलाई मद्दत गर्छ । तर त्यसको परिणाम कस्तो आउँछ भन्ने उसले सोच्दैछन । परिणामले ऊ खुशी पनि हुन्छ र पछुताउँछ पनि’, गौरव आफ्नो चरित्र खुलाउँछन् ।

गौरव ‘नेगेटिभ क्यारेक्टर’ गर्न चाहन्छन् । उनको बुझाईमा त्यो चरित्र देख्नासाथ ‘भिलेन’ जस्तो नदेखियोस् । ‘देख्ने बित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो । उसको परिचय नै भिलेन होइन, तर काम गर्दै गएपछि लास्टमा ‘ए भिलेन यो पो रहेछ’ भन्ने किसिमको भान दर्शकमा होस्’, गौरव खुलाउछन् ।