काठमाडौं : सिनेमा ‘कल्ली’को निर्माण घोषणा गरिएको छ। मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर आउट गर्दै निर्माण घोषणा गरिएको हो।
आउट गरिएका पोस्टरहरुमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई एक्सन अवतारमा देख्न सकिन्छ। आक्रोशित भावमा छन् पल र बेनिशा। पोस्टर हेर्दा सिनेमा एक्सन जनरामा निर्माण हुन लागेको होकि भन्ने अनुमान लगाउन सकिन्छ।

रेडबर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन्। सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन्। सिनेमामा लक्ष्मणकै कथा रहनेछ।
महेश दवाडीको सिनेमामा पटकथा रहनेछ। सुरज आचार्य सिनेमामा निर्माण प्रमुख हुन्। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेको छ। यो सिनेमा आगामी चैत्र २९ गतेदेखि प्रदर्शनमा आउनेछ।
















