Sur Cinema

‘ईश्वर’को ‘पुरा भयो सपना मेरो’ सार्वजनिक

काठमाडौं : आगामी साउन ११ गतेबाट रिलिज हुने सिनेमा ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा सिनेमाका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।

राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा हरिबहादुर थापाको निर्माण छ । सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । सिनेमामा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । सिनेमामा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरण आरआर फिल्मसले गर्दैछ ।