Sur Cinema

सिनेमा ‘तै चुप मै चुप’को निर्माण घोषणा, घनश्याम लामिछानेले निर्देशन गर्दै

काठमाडौं : सिनेमा ‘तै चुप मै चुप’ बन्ने भएको छ। बुधबार यो सिनेमाको निर्माण घोषणा गरिएको हो। सिनेमा पोलिटिकल कमेडी जनरामा निर्माण हुने बताइएको छ।

सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गर्दैछन्। सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण हुने सिनेमामा मनिष गौतमको लेखन रहनेछ।

सिनेमामा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने सिनेमाको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । निर्माण टिमका अनुसार यतिबेला कलाकार छनोट प्रक्रियालाई अघि बढाइएको छ।