Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आइडल जितेपछि करण परियारको पहिलो गीत ‘सुस्तरी’ रिलिज

काठमाडौं : ‘नेपाल आइडल सिजन ५’ आइडलको ट्रफी जितेपछि गायक करण यतिबेला निकै व्यस्त छन्। गीत रेकर्डिङदेखि लिएर विभिन्न मिडियामा अन्तर्वार्ता दिनको लागि उनलाई भ्याइनभ्याई छ। यसैबीचमा उनको पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार करणको पहिलो अफिसियल गीत ‘सुस्तरी’ सार्वजनिक भएको हो।

प्रेमिल शब्दसहितको नयाँ गीतमा करणको मेलोडियस आवाज सुन्न सकिन्छ। गीतमा करणको आवाजको बेग्लै मिठास छ। प्रदीप चापागाईंले लेखेका शब्दहरुमा सिडी विजय अधिकारीले संगीत भरेका छन्।

भिडियोमा भने आकाश श्रेष्ठ र पृज्मा खतिवडाको रोमान्स देख्न सकिन्छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।