Sur Cinema

‘सतिदेवी’ पोस्टर : तिन छोरीको साथ मलिका

काठमाडौं : सिनेमा ‘सतिदेवी’को पोस्टर सार्वजनिक भएको छ । सिनेमाको मुख्य कलालार मलिका महतले जुत्ताको माला लगएको पोस्टर पछि निर्माण टिमले पुन अर्को पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा मलिकाले एक सन्तान बोकेकी छन् भने अन्य दुई कलाकार समेत देख्न सकिन्छ र अन्य दुई पात्र समेत मलिका कै छोरी रहेको अनुमान गर्न सकिन्छ । छोरी बुझौ, छोरी पुजौ, यी नै संसार सारा भन्दै सिनेमाको पोस्टर सार्वजनिक गरिएको छ ।

लक्ष्मण सुवेदी निर्देशित सिनेमामा सामाजिक कथानक रहेको बताइएको छ । सिनेमालाई नारीप्रधान सिनेमा पनि भनिएको छ। एक ग्रामीण भेगकी युवतीको संघर्ष र आरोह अवरोहको कथा सिनेमामा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा लक्ष्मण सुवेदीकै कथा अनि पटकथा रहेको छ। सुवेदीले नै सिनेमा निर्माण गरेका हुन्। उनले सिनेमाको लागि गीत पनि लेखेका छन्।

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय रहेको छ ।