Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्लोरमा ‘सारंग’

काठमाडौं : बालमनोविज्ञानको बिषयमा निर्माण हुन लागेको सिनेमा ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि सिनेमाको सुटिङ सुरु भएको हो भने सम्पुर्ण सुटिङ काठमाडौँ आसपासको स्थान मै गरिने छ ।

कोरियोग्राफर प्रशान्त तामाङको लेखन तथा निर्देशनमा सिनेमा निर्माण हुन लागेको हो । सिनेमामा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ ।

सिनेमाले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाडल कथा बनाएको छ । यसअघि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ सिनेमा बनाएका प्रशान्तले समाजलाई सकारात्मक सन्देश प्रवाह सिनेमाले गर्ने बताए । दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको सिनेमा बालदिवसको छेकोमा रिलिज हुनेछ ।