Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकले रुचाए ‘डिग्री माईला’को ट्रेलर

काठमाडौं : तीन दिन अघि सार्वजनिक गरिएको सिनेमा ‘डिग्री माईला’को ट्रेलर अहिले चर्चामा छ । युट्युवको मुभी सेक्सनको शीर्ष स्थानमा रहन सफल ट्रेलरमा अधिकाशं सकारात्मक प्रतिक्रिया आएका छन् भने भ्युज पनि लोभलाग्दो छ ।

यस अघि सिनेमाको मुख्य कलाकार दयाहाङ राईको ‘चौधरी आफै धनी, धनी माथी के धनी बनाउनु’ डाईलगले बिनोद चौधरीलाई समेत सिनेमाको ट्रेलर सियर गर्न बाध्य बनाएको थियो ।

दयाको लोकल टेस्टमा चटपटा थप्न यस पटक सिनेमामा आँचल शर्मालाई राम बाबु गुरुङले प्रस्तुत गरेका छन् भने आँचल पनि यो सिनेमालाई लिएर उत्साहित छिन् । र, दयाको अन्य सिनेमा भन्दा जोडी फरक भएकोले पनि यो सिनेमा खास छ ।

सिनेमालाई बासुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुश्मा फिल्म्स मिलेर निर्माण गरेको हो । सिनेमामा दया र आँचल सङ्गै बिजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ भने अभिनेत्री ऋचा शर्मालाई पनि विशेष भुमिकामा देख्न सकिन्छ ।

निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकराउन्ड म्युजिक रहेको सिनेमालाई क्यामेराम्यान शिवराम श्रेष्ठ तथा राईलिएसिनले खिचेका हुन् । चर्चित नेपाली उखान ‘किन चाउरिस मरिच आफ्नै रागले’ सिनेमाको ट्यागलाईन हो । सिनेमा आगामी चैत ३० गते नंया वर्षको छेको पारेर रिलिज हुँदैछ ।