Sur Cinema

समाजसेवी, राजनीतिज्ञ तथा निर्माता चीज कुमार श्रेष्ठको गीत ‘जाग जाग नेपाली’ सार्वजनिक

काठमाडौं : बरिस्ठ राजनितिज्ञ चिज कुमार श्रेस्ठको नंया गीत “जाग जाग नेपाली” सार्वजनिक भएको छ । उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भिडियोमा चिजका शब्द रचना समेटिएको छ । शिखर सन्तोषले सङ्गित गरेको गीतमा विश्व नेपालीको स्वर रहेको छ ।

गीतमा अहिलेको अवस्थामा हरेक नेपाली जाग्नुपर्ने कुरा दर्शाउन खोजिएको छ । गीतको भिडियो सम्पादक गौतम राज खड्काले एनिमेसन गरेका हुन् भने निर्मल शर्माको बिशेष अभिनय छ ।

सिनेमा ‘यात्रा’बाट निर्माता बनेका चिजले छिट्टै नै अर्को सिनेमा बनाउदै छन् । समाज सेवी राजनितिकर्मी हुँदै जीवनको उत्तरार्धमा सिनेमा निर्माण पछि रास्ट्रभक्तीका गीतमा उतिकै सक्रिय छन् ।