काठमाडौं : ग्रामिण समुदायमा शिक्षा र शैक्षिक संस्थाको अवस्था के छ ? आजको दिन सम्म पनि शिक्षामा शैक्षिक र नैतिक रुपमा शिक्षित ब्यक्ती छन् कि पहुचको आधारमा प्रमुख बनेकाहरुको हालिमुहाली छ ?, देखि एक प्रगतिशिल ब्यक्तिको क्षमता पहिचानमा, समाज समाजका अग्रजको अवस्था र भुमिका कस्तो हुनुपर्ने र कस्तो छ ? भन्ने बारे नँया सिनेमा ‘डिग्री माईला’को कथा घुमेको संकेत सार्वजनिक टिजरले दिएको छ । यो सङै स्कोलर दयाहाङ राईको आफ्नो समाजलाई लिएर रहेको सकारात्मक सोच देखि आँचल सङ्गको अन्तरजातिय सम्बन्धको कथा पनि यसमा देखिने अनुमान लगाउन सकिन्छ ।
दयाको उस्तै लवज बोली बिच चरित्र भिन्न बनाउने प्रयासमा रामबाबु गुरुङ कतिको सफल भएका छन्, हेर्नका लागि आगामी नँया वर्ष सम्म कुर्नु पर्ने देखिएको छ । दयासङै जोडिएर सफल भइन्छ भनेर सोच्ने नायिकाहरुको सोच मध्य आँचल शर्माको के होला ? क्यामेस्ट्री कस्तो देखिएला त्यसको लागि पनि अन्य केही प्रचार सामाग्रीबाट केही र सिनेमा रिलिज पश्चात् धेरै थाहा होला ।
यस पटक पनि दयाको सिनेमा बुद्धि तामाङ र बिजय बरालले नै धान्ने छन् या त केही फरक हुन्छ ? यो पनि जिज्ञासाको बिषय भने रहने छ । खैर सिनेमाले उठाएको बिषय गहन देखिन्छ । टिजर हेर्दै गर्दा कमेडी मिसाएर गम्भीर बिषय उठाउने निर्देशक रामबाबु गुरुङको पुरानै शैलीको निरन्तरताको गन्ध पनि आउँछ । अन्य सिनेमामा झै माओत्सेले आफ्नो भुमिका खुबी निभाएको दुई झलक मै स्पस्ट छ । डाईलग दमदार देखिए पनि गीत फिक्का लाग्छ । समग्रमा पहिलो प्रचार सामाग्री यो सिनेमाको राम्रो नै देखिन्छ ।
सिनेमामा दया र आँचलका अलावा बिजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।















