Sur Cinema

घिसिङले एक सय एक गीत निकालेर राखे विश्व कीर्तिमान कायम

काठमाडौं : विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्बर्द्धनमा लागेका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनलाई विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते प्रदान गरेका थिए ।

सो अवसरमा घिसिङको चार हजार ६०० पेजको गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रधानमन्त्रीले लोकार्पण गरेका थिए । यस कृतिमा चार हजार ४०० गीत र चार जाति तथा एघार थरको वंशावली रहेको छ ।

कवि, गीतकार, लेखक, स्क्रिप्ट राइटर, निर्देशक, कलाकारका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका घिसिङलाई अमेरिका बुक अफ रेकर्ड, द ब्रिटिश वल्र्ड रेकर्ड, इडिया स्टार वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रकेर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुकजस्ता दश संस्थाले विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

घिसिका कार्यलाई सहयोग पुर्‍याएकोमा द ब्रिटिश वल्र्ड रेकर्डले टिका ध्वज थापा ‘रमेश’लाई पनि सहयोगीको प्रमाण प्रत्र प्रदान गरेको छ ।