काठमाडौं : ‘महाजात्रा’को निर्माणपक्षले आज सिनेमाको दोस्रो पोष्टर सार्वजनिक गरेको छ । सिनेमाको दोस्रो पोष्टरमा पनि हरिवंशलाई नै केन्द्रमा राखिएको छ ।
यसपटक सिनेमाका मुख्य तीन पात्रहरू विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बनियाँलाई हरिवंशले सिनेमामा निकै घुमाउने पोष्टरबाट अन्दाज लगाउन सकिन्छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । मित्र डि गुरुङको सम्पादनमा रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।















