Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

माघ २६ मा विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

काठमाडौं : नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित सिनेमा ‘हात्तीछाप’ यही मितिमा विश्वभर  रिलिज हुने भएको छ ।

यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र सिनेमा रिलिज हुने पक्का भएको थियो । अब, यो सिनेमाको अन्तराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो सिनेमा रिलिज हुने बताएको छ ।

यो सिनेमालाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर सिनेमा रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा सिनेमालाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ ।

मध्यपूर्वका देशमा सिनेमालाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा सिनेमालाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

विश्वभर एकसाथ सिनेमा रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने पक्का छ । सिमोस सुनुवारको निर्देशनमा बनेको यो सिनेमाले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

किरण नेपालीको प्रस्तुतीमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।