Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विल्सनको ‘लाहुरे एण्ड दाउरे’मा दयाह्याङ र बुद्धि

काठमाडौं : अभिनेता दयाह्याङ राई र बुद्धि तामाङलाई राखेर विल्सन विक्रम राईले  सिनेमा ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न भएका छन् ।

विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने सिनेमामा विल्सन स्वयंम् को पनि अभिनय रहनेछ भने अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ ।

कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमाको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी गरिएको  सिनेमाको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुने जनाइएको छ ।