Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा

काठमाडौं : सिनेमा ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री  मिरुना मगरको मुख्य भूमिका रहने सिनेमाको पोस्टर सार्वजनिक गर्दै अर्को वर्षको असार २८ गतेलाई सिनेमाको प्रदर्शन मिति निश्चित गरिएको हो ।

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको सिनेमामा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुनको पनि अभिनय रहनेछ ।

सिनेमामा निर्देशक मगरका साथै विनोद खतिवडा र सुभाष कोइरालाको लेखन छ । जीएम मुभिज प्रोडक्सनको प्रस्तुतीमा जनक घर्ती मगर निर्माता रहेको सिनेमामा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत रहनेछ । उक्त सिनेमा पूर्वी रुकुमको तकसेरामा आगामी माघ तेस्रो हप्ताबाट छायांकन सुरु हुन लागेको हो ।