Sur Cinema

‘चित्रा’को टिजर रिलिज

काठमाडौं : आगामी पौष २७ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘चित्रा’को टिजर रिलिज गरिएको छ। निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोमबार १ मिमेट २४ सेकेन्ड लामो टिजर रिलिज गरेको हो।

टिजरमा बुबा र छोरीबीचको प्रेमकथालाई सुरुमै देखाइएको छ। टिजर हेर्दा सिनेमामा सेन्टिमेन्टल कथा रहेको सहजै अनुमान लगाउन सकिन्छ। सिनेमाका मुख्य कलाकारहरुलाई टिजरमा देखाइएको छ।

सन्तोष अधिकारी फिल्मस एएसएपी इन्टरटेन्मेन्ट अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको सिनेमामा अर्पण थापा, अन्जना बराइली, सन्तोष अधिकारी, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, मेनुका पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिनेमालाई घनश्याम लामिछानेको निर्देशन रहेको छ। अजय अधिकारीको कथा रहेको सिनेमामा मनिष गौतमको पटकथा रहेको छ। सन्तोष अधिकारी सिनेमाका कार्यकारी निर्माता हुन्।