Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आर्यन र प्रदीप पछि ‘पूजार सार्की’मा पल

काठमाडौं : आर्यन सिग्देल र प्रदीप खड्कापछि सिनेमा ‘पूजार सार्की’मा अभिनेता पल शाह अनुबन्धित भएका छ्न् । निर्देशक दिनेश  राउतले शनिबार पल शाहसँग सम्झौता गरेका हुन् । 

सुभाष भुषालको निर्माण रहने सिनेमाका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो । आगामी माघ पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको सिनेमाका लागि अभिनेत्रीको टुंगो लाग्न बाँकी छ ।

एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्नेछ ।