काठमाडौं : आगामी मंसिर २९ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुई कदम’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘ए मेरा बाबैनी’ बोलको गीत रिलिज गरेको हो
भिडियोमा नव अभिनेता इओन लिम्बू र नायिका वर्षा शिवाकोटिको ठुम्का देख्न सकिन्छ। इओन र वर्षाको धमाकेदार डान्स इनर्जीले भिडियो आकर्षक लाग्छ। नयाँ भएतापनि इओन वर्षासँग खुलेर प्रस्तुत भएका छन्। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
भिडियोमा समावेश गीतमा आशिष अविरल र निरुशा भट्टराईको आवाज रहेको छ। निरुशाले लेखेको गीतलाई आशिषले संगीत भरेका हुन्।

इओन लिम्बू नेपाली सिनेमा उद्योगको लागि नयाँ मुहार हुन्। उनले ‘दुई कदम’बाट सिनेमा क्षेत्रमा डेव्यू गर्दैछन्। यो डेव्यू सिनेमाबाट इओनले निकै ठूलो आशा राखेका छन्। वर्षा भने यो गीतको भिडियोमा मात्र देखिएकि हुन्।
उदय सुब्बा निर्देशित ‘दुई कदम’मा इओनको साथमा सुनील थापा, कविता आले, गौरव पहारी, सुरवीर पण्डित, प्रेम सुब्बा, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमाको कथा एवम् पटकथा दयाराम घिमिरेले लेखेका हुन्।

















