Sur Cinema

हलमा रुचाइएको सिनेमा ‘फूलबारी’लाई युट्युबमा पनि दर्शकको राम्रो साथ

काठमाडौं : पछिल्लो हप्ता दशैँलाई लक्षित गर्दै धेरै डिजिटल राइट्स लिएका धेरैले युट्युबमा रिलिज गरे। गत फागुनमा रिलिज भएको सिनेमा ‘फूलबारी’ पनि युट्युबमा रिलिज भयो। करिब २ हप्ता अघि यो सिनेमा ‘जिटुवान’ युट्युब च्यानलबाट रिलिज गरिएको हो।

रामबाबु गुरुङले निर्देशन गरेको यो सिनेमालाई हलमा एकदम रुचाइएको थियो। दर्शकले औधी मन पराएका थिए। यता युट्युबमा रिलिज भएपछि पनि सिनेमालाई दर्शकको राम्रो साथ मिलिरहेको छ। निकै राम्रो प्रतिक्रियासहित सिनेमाले युट्युबमा ८० लाख बढीपटक हेरिएको छ।

हलमा हेर्न नपाएका दर्शकले युट्युबमा हेर्न पाउँदा खुशी व्यक्त गरेका छन्। बिपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।

कमल किशोर मुलपानीको कथा रहेको सिनेमामा उपेन्द्र सुब्बाको पटकथा रहेको छ। यशोदा फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनिष ढकाल हुन्।