Sur Cinema

‘भष्मे डन’ : मिश्रित प्रतिक्रियासहित दोस्रो हप्तामा

काठमाडौं : गत शनिबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २: भष्ने डन’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। सिनेमाले यतिबेला हलमा संतोषजनक व्यापार गरिरहेको छ। उसो त सिनेमालाई मिश्रित प्रतिक्रिया छ।

समीक्षा पनि मिश्रित नै आइरहेका छन्। तर हलमा भने दर्शकहरुको माया दिनानुदिन बढीरहेको छ। निर्माण टिम निकै सन्तुष्ट छ।

‘भष्मे डन’को कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। यो सिनेमाका निर्माता पनि खगेन्द्र नै हुन्। दिपेन्द्र के खनालले सिनेमाको निर्देशन गरेका हुन्।

विपिन कार्की, सौगात मल्ल, स्वातिमा खड्का,वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।