Sur Cinema

जब केकी र वर्षाले एकसाथ प्रकाशलाई केक खुवाए..!

काठमाडौं : भर्सटायल कलाकार हुन् प्रकाश सपूत। गायनमा खुब जमेका प्रकाश अब नायक पनि भइसके। उनले नायकको रुपमा डेव्यू गरेको सिनेमा ‘परदेशी २’ यतिबेला हलमा प्रदर्शनरत छ। पहिलो हप्ता दर्शकको अत्याधिक साथ पाएको सिनेमाले दोस्रो हप्तामा पनि उल्लेख्य साथ पाइरहेको छ।

यता प्रकाशलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ। पहिलो सिनेमा भएपनि राम्रो काम गरेको भन्दै प्रकाशलाई धेरैल प्रशंसा गरिरहेका छन् उनलाई। दर्शकको मुखबाटै प्रतिक्रिया लिनको लागि उनी केही दिन अघि मोफसल टुरमा निस्केका थिए।

मोफसलका दर्शकलाई भेट्दै उनी नेपालगन्ज पनि पुगेका थिए। नेपालगन्जमा उनलाई प्रत्यक्ष हेर्न पाइने आशामा गत बुधबार दर्शकहरु हलमा ओइरिएका थिए। उनले दर्शकलाई भेटे, प्रतिक्रिया लिए, सेल्फी खिचे र दर्शकसँगै रमाए पनि।

नेपालगन्ज स्थित सिने रोयलमा पुगेका उनलाई टिमले सप्रराइज दियो। उक्त सप्रराज थियो ‘परदेशी २’ टिमलाई सफलताको कामनासहितको केक। सिने रोयलमा हालसम्म सबैभन्दा बढी व्यापार गर्ने सिनेमा ‘परदेशी २’ भएको र त्यही खुशीयालीमा हल टिमले केक काटेको थियो।

सप्राइज केक देख्दा प्रकाश खुब दंग देखिन्थे। उसो त प्रकाशसँगै मोफसल टुरमा निस्केका नायिका केकी अधिकारी र वर्षा शिवाकोटी पनि हर्षित भए। जब केक काटेर वर्षा र केकीले प्रकाशलाई एकसाथ केक खुवाइदिए, तब प्रकाश निकै खुशी भएका थिए।

केक खाँदै उनले भनेका थिए, ‘मेरो लागि परदेशी २ सक्सेस भइसक्यो। यही नै मेरो लागि सक्सेस पार्टी हो। म एकदमै खुशी छु।’ केकी र वर्षा पनि त्यो माहोललाई लिएर निकै खुशी भएका थिए।यसरी सिनेमाको सफलतामा केक काटिएको प्रकाशको पहिलो अनुभव हो। त्यसैले पनि उनको लागि यो क्षण अमुल्य थियो।