काठमाडौं : यतिबेला नेपाली दर्शकहरू सिनेमा ‘परदेशी २’को पर्खाइमा छन्। आगामी शुक्रबारदेखि देशभरका हलहरुमा सिनेमा एकसाथ प्रदर्शन हुँदैछ। निर्माण टिमले पनि प्रचारप्रसारमा कहिँकतै कमी राखेको छैन।
यसैबीच, प्रचारप्रसार लगभग पूरा गरेपछि सिनेमा टिमले आइतबार राजधानीमा मिडियाकर्मीहरुसँग साक्षात्कार गर्यो। प्रदर्शनको संघारमा रहेकाले सिनेमाका कलाकारहरुले निकै उत्साहित रहेको बताए। त्यसो त सबैभन्दा बढी उत्साहित प्रकाश सपुत छन् । उनी यो सिनेमाका मुख्य कलाकार हुन्।

यसै सिनेमाबाट उनले नायकको रुपमा डेव्यू गर्दैछन्। त्यसैले पनि उनी बढी उत्साहित हुनु स्वभाविक नै हो। खैर, यता निर्देशक रायमाझीले भने ‘परदेशी २’को कथा कहिल्यै पनि पुरानो नहुने कथा रहेको बताएका छन्। मिडियाकर्मीसँग बोल्दै उनले परदेशीहरुको कथा पहिला पनि त्यस्तै रहेको र अहिले पनि उस्तै रहेको जिकिर गरे।


रायमाझीले निर्देशन गरेको यो तेस्रो सिनेमा हो। ‘गोरखा पल्टन’ र ‘परदेशी’ जस्ता सफल सिनेमा दिएका रायमाझी अब ह्याट्रीक गर्ने दाउमा रहेका छन्। यो सिनेमा हिट भएमा उनले अवस्य पनि सफल सिनेमा निर्देशकको रुपमा ह्याट्रीक गर्नेछन्।
रमेश बिजीको कथा रहेको सिनेमामा प्रकाश सपुतका अलावा केकी अधिकारी, रमा थपलिया, वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।


















