Sur Cinema

‘परदेशी २’को अफिसियल ट्रेलर : प्रेम, विछोड, द्वन्द र रोदनको समिश्रण

काठमाडौं : आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘परदेशी २’को अफिसियल ट्रेलर रिलिज गरिएको छ। शुक्रबार निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा सिनेमाका मुख्य नायक प्रकाश सपुतलाई अलि बढी स्पेस दिइएको छ। प्रकाशका अलावा केकी अधिकारी, रमा थपलिया, वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ लगायतका कलाकारहरुलाई पनि ट्रेलरमा अटाइएको छ।

रिलिज भएको ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलर हेर्दा प्रेम, विछोड, द्वन्द, उमंग अनि रोदनको आभाष गर्न सकिन्छ। घरघर अनि समाजको कथा बोल्ने यो सिनेमाका निर्देशक नारायण रायमाझी हुन्। रमेश बिजीले सिनेमाको कथा लेखेका हुन्।

प्रकाश सपुतको यो डेव्यू सिनेमा हो। गायनमा चम्किएका प्रकाशले यसै सिनेमाबाट सिनेमा उद्योगमा नायकको रुपमा पाइला चाल्दैछन् । त्यसैले पनि नेपाली दर्शकहरु निकै उत्साहित छन्।