Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनमोल र सुदर्शनको लडाइँमा शिवमको ‘बलि’ !

काठमाडौं : कुनै एक गीत बन्छ । र त्यसको अधिकार को माथी हुने ? यसको लडाइँ विन्ध्यवासिनी म्युजिक प्रालि र गायक प्रमोद खरेलबीच चल्यो । अदालतले गीत संगीतको अधिकार गायकमाथि हुने भन्दै फैसला गरिदियो । यो फैसला पश्चात् धेरैले ‘नजिर’ गलत बस्ने भन्दै विरोध गरे । आगामी दिनमा अझ कठिनाइ आउने पनि भने ।

अब कुरा गरौं सिनेमाको। सिनेमा कसको होला त ?  निर्माताको ? निर्देशकको ? कलाकारको ? कि सिर्जना गर्ने सर्जकको ?

यतिबेला सिनेमा ‘रावायण’ विवादमा छ । सिनेमाका लागि मुख्य भुमिकामा रोजिएका अनमोल केसीले सिनेमा नगर्ने घोषणा गरे । र यही कारण निर्माता चन्द्रकला कटुवालले उनी विरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिइन् एक करोड भन्दा धेरै रकम क्षतिपुर्ती माग गरेर ।

यस विषयमा समाचार बन्न थालेपछी र अनमोलको सोधपुछपछि पनि एउटै जवाफ आयो । स्क्रिप्ट चित्त नबुझेकाले उनले काम नगर्ने भएका रे । तर स्क्रिप्ट राईटर शिवम अधिकारी यो मान्न तयार छैनन् । चार महिनाअघि अनमोलले परिवारका साथ यो स्क्रिप्ट सुनेका थिए । उनी खुसी थिए । त्यसैको तयारी गरिरहेका थिए । सोही अनुरुप नै काम अगाडि बढिरहेको थियो । तर फ्लोरमा जानै लाग्दा अनमोलले लिएको रकम फिर्ता गर्ने र सिनेमा नगर्ने भने । यस्तोमा निर्माताले उनी विरुद्ध आर्थिक क्षती पूरा गर्न केस गर्न गए ।

यहाँ बीचमा परे ‘शिवम’ । अनमोल सिनेमाबाट निस्किन चाहे, निस्किए । निर्माताले आफ्नो लगानी उठाउन केस गरे । अब अदालतले फैसला गर्ने नै छ उनीहरुको हकमा समस्या समाधान भए बराबर देखियो । तर अब शिवमको के हुन्छ ? शिवमले जस्ता पनि स्क्रिप्ट लेखेका छन् । कसैलाई एक हप्तामा स्क्रिप्ट चाहिन्छ । उनी त्यस्तै गरि दिन्छन् । कसैले लेखाईमा स्वतन्त्रता दिन्छन् । उनी स्वस्फूर्त रुपमा आफ्नो सिर्जना निखार्न लागि पर्छन् ।

यो सिनेमाको लागि उनले खुब मेहनत गरेका छन् । उनलाई यो स्कृप्टको धेरै माया पनि छ । तर खुलेआम आफ्नो सिर्जनामाथि धावा बोलिँदै गर्दा उनको मन रोएको छ । आफू बच्नको लागि  अनमोलले स्क्रिप्टलाई हतियार बनाएको उनको आरोप छ। हुन पनि चार महिनाबाट त्यसैको लागि तयारी गरेर अन्तमा स्क्रिप्ट चित्त बुझेन भन्दा विस्वास गर्ने नगर्ने भन्ने पनि हुन्छ । तर भन्नेले भनिदिए । तनाव त शिवमलाई भयो ।

यसरी हेर्दा आफ्नो सन्तान झैँ गरि मायाले हुर्काएको स्कृप्टको खुलेआम बजारमा इज्जत उछाल्दै गर्दा कृएटरलाई के भएको होला ? अब भने उनी मानहानीको मुद्धा हाल्ने तयारीमा छन् । बाकी के हुन्छ हेर्न बाँकी छ । यसै त लेख्ने मान्छेको पारिश्रमिक कम छ । त्यही माथि लेख्ने माथि कै यसरी गरिएको प्रहारले अझ लेखनमा “डिमोटिभेट” गर्छ । यसबारे सबैले सोच्न जरुरी छ ।