Sur Cinema

अनमोलले गरे ‘रावायण’बाट लिएको १० लाख रकम फिर्ता

काठमाडौं : अभिनेता अनमोल केसीले सिनेमा ‘रावायण’ खेल्ने भनेर लिएको एडभान्स रकम १० लाख फिर्ता गरेका छन्। मंगलबार पाउने गरि अनमोलले उक्त सिनेमाकी निमात्री चन्द्रकला कटुवालको नाममा चेक डिपोजिट गरिदिएका हुन्।

निराजन गिरी नामबाट सोमबार चेक डिपोजिट गरेको भौचर यतिबेला सामाजिक संजालमा बाहिरिएको छ। अब अनमोल-सुदर्शन विषय केही शान्त हुन्छ भन्ने अपेक्षा गरिएको छ।

गत शुक्रबार अनमोल विरुद्ध निर्मात्री कटुवालले एडभान्स रकम लिएर पनि सिनेमा साइन गरेको छैन, सिनेमा खेल्दिनँ भनेर हिडेको भन्दै अनमोल विरुद्ध उजुरी दिएकी थिइन्। त्यसैको आधारमा अनमोललाई गत शुक्रबार नै पक्राउ गरिएको थियो। तर आफन्त र चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाको रोहबरमा अनमोललाई आइतबार रिहा गरिएको थियो।