काठमाडौं : अमेरिकामा बस्छिन गायिका रानी शाक्य । तर उतै रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन । डायस्पोरिक गायिका रानी शाक्यले नेपाली गीत संगीतमा उतै बसे पनि ठूलो योगदान गरेकी छिन् । उनै, रानीको स्वरमा नयाँ गीत ‘सेल्फी खिचौंला’ सार्वजनिक गरिएको छ ।
रानी र किरण भुजेलको स्वरमा समावेश छ यो गीत । गीतका शब्द हरि उप्रेतीले लेखेका छन् । त्यस्तै हरिका शब्दमा नगेन्द्र श्रेष्ठले संगीत भरेका छन् ।
यस गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तिन जनाले एक अर्कालाई माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ ।
गीतका शब्दहरुले टिकटकमा दर्शकको साथ पाउन सक्छन् । यो गीतलाई रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ ।


















