काठमाडौँ
‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक अजेष पौडेलले गीत “जे छु ठिकै छु” सार्वजनिक गरेका छन्। गीतमा अजेश आफैले अभिनय समेत गरेका छन् । उनलाई अभिनयमा अनिषा ओलीले साथ दिएकि छन्।
उज्त गीतमा डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन्।















