काठमाडौं
छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा कलाकार सलोन बस्नेत उत्कृष्ट अभिनेता घोषित भएका छन् ।
जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित हुने अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट अभिनेताको रुपमा डेव्यु गरेका हुन् ।




















