Sur Cinema

‘माया बस्छ कि के हो’ को ट्रेलर सार्वजनीक

काठमाडौं : सिनेमा ‘माया बस्छ कि के हो’ को ट्रेलर सार्वजनीक भएको छ । साइराम पिक्चर्स युट्युव च्यानलमार्फत सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुख स्थान दिइएको छ ।

असोज २ गतेबाट प्रदर्शन हुने सिनेमाको निर्देशन राजु अधिकारीले गरेका हुन् । सिनेमाको ट्रेलरमा युरोपीयन शहरका सुन्दर दृश्यका साथमा नेपाली गाउँको झल्को समाबेश गरेको देखिन्छ । अध्ययन तथा रोजगारीका लागि बिदेशीएका युवायुवतीको प्रेम प्रसंग,सम्पर्ण तथा मतभेदको कथा देखाइएको सिनेमाको अधिकांश दृश्य युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशमा खिचिएको हो ।

शरद अधिकारी निर्माता रहेको सिनेमाको निर्माता बहादुर सिंह तामाङ छन् । आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको सिनेमा रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित सिनेमामा रबिन्द बरालको छायांकन छ । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

सिनेमामा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, रिचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु, सुकचन्द्र थापाको अभिनय छ । सिनेमालाई नेशनल सिने ग्रुपले बितरण गर्दैछ ।