Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘कैदिको पत्र’को गीत रिलिज

काठमाडौँ : सनम कुमार निर्देशित सिनेमा ‘कैदिको पत्र’को पहिलो गीत रिलिज गरिएको छ। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति तोक्दै ‘मेरो दिलमा तालमा’ बोलको गीत रिलिज गरेको हो।

गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन् ।

यस गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकारहरु कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

निर्माण टिमले आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गरेको छ। प्रेम र रोमाञ्सको कथामा बनेको यो सिनेमामा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु समावेश गरिएको बताइएको छ।

स्कटल्याण्डमा यो सिनेमाको छायांकन भएको हो । सिनेमामा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी सिनेमाका निर्माता हुन् ।

यस सिनेमाका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एन’चौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।