Sur Cinema

‘बाः एक योद्धा’को कमाइ तीन करोडमाथि, दर्शकको साथ कायमै

काठमाडौं : सिनेमा ‘बाः एक योद्धा’ले बक्सअफिसमा तीन करोड रुपैयाँको आँकडा पार गरेको छ। बलियो वर्ड अफ माउथका कारण तेस्रो हप्तामा पनि सिनेमाले आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेको छ।

चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक तथ्यांकअनुसार आइतबारसम्म सिनेमाले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा सिनेमालाई १ लाख ७ हजार ५३३ दर्शकले हेरेका छन्। यता, निर्माण पक्षले भने आइतबारसम्म ३ करोड ९ लाख रुपैयाँभन्दा बढी व्यापार भएको जनाएको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमाले सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र वृद्धावस्थामा भोग्नुपर्ने उपेक्षाको कथा प्रस्तुत गरेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाललगायत कलाकारको अभिनय छ।