Sur Cinema

घोषणाबिनै छायांकनको अन्तिम चरणमा ‘श्रीमान् श्रीमती’, के छ खनालको नयाँ सिनेमामा?

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालको नयाँ सिनेमा ‘श्रीमान् श्रीमती’को छायांकन अन्तिम चरणमा पुगेको छ। कुनै औपचारिक घोषणा नगरी छायांकन थालिएको सिनेमाको काम करिब एक साताभित्र सकिने निर्देशक खनालले बताएका छन्।

पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बन्न लागेको पारिवारिक सिनेमामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन्। काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको सिनेमामा दर्शकले आफूलाई जोड्न सक्ने मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक खनालले बताएका छन्।

सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। खनालको निर्देशनमा बनेको पछिल्लो सिनेमा ‘हरिबहादुरको जुत्ता’ हो भने ‘क्याप्टेन साब’ प्रदर्शनको प्रतीक्षामा छ।