काठमाडौं : नेपालीको महान् चाड दशैं–तिहारलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं तिहार’ सार्वजनिक भएको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नम्रता तामाङको स्वर सुन्न सकिन्छ।
कुशल सिंहको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको गीतको भिडियोमा गजित बिष्ट, गरिमा शर्मा, सुनिशा बजगाईं, सुरेन्द्र बस्नेल र सुरबिर पण्डितलगायत कलाकारले अभिनय गरेका छन्। भिडियोमा सुरेन्द्र बस्नेलको कोरियोग्राफी र गम्भीर बिष्टको निर्देशन छ।
नवराज उप्रेतीको छायांकन, मणिक तामाङको कला निर्देशन र कबिन खड्काको मेकअप रहेको भिडियोमा बालकलाकारसहित अन्य कलाकारको पनि अभिनय छ। गोर्खा बिल्डर्स प्रालि र शिवहरि अर्यालको विशेष सहयोग रहेको गीतले चाडपर्वको उल्लास र रमाइलोलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


















