Sur Cinema

शुक्रबार ‘बेहुली’को पालो, अग्रिम बुकिङमा देखियो उत्साह

काठमाडौं : यही शुक्रबार, भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरु भएको छ। सिनेमाले प्रदर्शनअघि नै देशभरका हलमा १०० भन्दा बढी शो पाएको छ।

क्युएफएक्स, आइएनआई, फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलमा ‘बेहुली’ले उल्लेख्य शो पाएको हो। वितरक गोविन्द शाहीका अनुसार दर्शकको चासो बढ्दै गएकाले प्रदर्शन मितिसम्म शो संख्या अझै बढ्नेछ।

आइतबार सार्वजनिक भएको सिनेमाको ट्रेलरले २४ घण्टामै युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको थियो। १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको ट्रेलरले विदेशका विभिन्न देशमा समेत राम्रो चर्चा बटुलेको निर्माण पक्षको दाबी छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको सिनेमामा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी र कर्मा लामालगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेल तथा निर्माता प्रताप शमशेर राणा हुन्। अग्रिम बुकिङ र शो संख्याले ‘बेहुली’को ओपनिङप्रति उत्साह बढाएको छ।