Sur Cinema

‘चमेलीको पोइ’मा मुकुन र सुरक्षाको ‘माया मान्छौ र’

काठमाडौं : आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘चमेलीको पोइ’मा समावेश नयाँ गीत ‘माया मान्छौ र’ सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।

एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल र सुरक्षा पन्त फिचर्ड छन्। गीतमा ठेट नेपालीपन झल्काउने शब्द र प्रेमिल भाव प्रस्तुत गरिएको छ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको सिनेमामार्फत चर्चित हास्य अभिनेता नारायण त्रिपाठी करिब डेढ दशकपछि पर्दामा पुनरागमन गर्दैछन्। सिनेमामा मुकुन, सुरक्षा र त्रिपाठीसँगै विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरीलगायतका कलाकारको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र शेरबहादुर तामाङको छायांकन छ। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ।