Sur Cinema

‘अक्षरा’को पहिलो पोस्टरले के संकेत गर्दै छ ?

काठमाडौँ : आगामी भदौ २६ गते प्रदर्शनमा आउने सिनेमा ‘अक्षरा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्का नाङ्गा रुखमुनि ढुङ्गे चौतारोमा गम्भीर र निराश भावमा टोलाइरहेको अवस्थामा देखिएकी छन्।

उजाड र पातविहीन रुखहरूको पृष्ठभूमिले शून्यता, पीडा र संघर्षको प्रतीकात्मक संकेत गर्दै सिनेमाको भावनात्मक कथावस्तुको झल्को दिन खोजेको देखिन्छ।

निर्देशक विनय राज पौडेलको निर्देशनमा बनेको सिनेमामा न्यान्सीसँगै सुशील सिटौला, रिस्ता अधिकारी, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसीलगायत कलाकारको अभिनय रहेको छ।