Sur Cinema

असोज ९ मा ‘हन्टर’ प्रदर्शनमा आउने

काठमाडौं : जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभर प्रदर्शन हुने भएको छ । प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको फेस-अफ पोस्टरले अभिनेता अरुण क्षेत्री र प्रकाश शाहबीचको सशक्त द्वन्द्व तथा अरुण र सुप्रज्ञा शर्माको प्रेमकथाको संकेत दिएको छ।

जीवन सिंहको निर्देशनमा डेब्यु रहेको सिनेमामा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बनेको सिनेमालाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।